नक्कली सवारी लाइसेन्ससहित तीन जना प्रहरीको फन्दामा

विभिन्न सवारी साधनहको नक्कली लाइसेन्स बनाउने ३ जना बारा प्रहरीको फन्दामा परेका छन् । नक्कली सवारी लाइसेन्ससहित पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका वडा नम्बर ८ बस्ने वर्ष ३१ का रामबहादुर स्याङतान, वर्ष ३३ का गोलाप सिंह भुपाल र बारा जिल्ला सुवर्ण गाँउपालिका वडा नम्बर ५ बस्ने वर्ष ४५ का गगनदेव साह रहेको बारा प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट पुरानो सवारी चालक अनुमति पत्र १ थान, नक्कली सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड ४ थान, ८ लाख २५ हजार बराबरको रामबहादुर स्याङतान,को नाममा विभिन्न बैकमा काटिएको चेक ४ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जित शिंह राठौरले बताए ।