भारतको चन्द्रयान- २ मिसनले लिएको पहिलो तस्विर सार्वजनिक

भारतको चन्द्रयान २ को मिसनले लिएको पहिलो तस्विर सार्वजनिक भएको छ । चन्द्रयान २ मिसन चन्द्र सतहमा अवतरण गर्ने क्रमसँगै त्यहाँबाट लिइएको पृथ्वीका अलग–अलग तस्विरहरु इसरोले सार्वजनिक गरेको छ । यी तस्विरहरु इसरोको ट्वीट अकाउन्टमा राखिएका छन् । ट्वीटमा तस्विर सार्वजनिक गरिएलगत्तै लेखिएको छ, ‘चन्द्रयान २ अभियानमा विक्रम ल्यान्डरले खिचेका सुन्दर तस्विरको पहिलो सेट ।’
यी तस्विर चन्द्रयान २ ले ३ अगस्त २०१९ को बिहान ५ बजेर २८ मिनेटमा लिएको थियो । भारतको यो चन्द्रयात्राको दोश्रो मिसन हो ।