चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा

हामीकहाँ स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् ।उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल मिडियामा हटकेक बनिरहेको छ ।
कलेजको त्यस्तो काइदाप्रति सोसल मिडियामा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले कलेजको काइदाको प्रशंसा गरेका छन् भने कतिपयले त्यो अमानवीय व्यवहार भएको भन्दै शिक्षा विभागका अधिकारीलाई निलम्बन गर्न र सम्बन्धित शिक्षक तथा निर्देशकलाई समेत बर्खास्त गर्न माग गरेका छन् ।
स्मरणरहोस् परीक्षामा विद्यार्थीलाई अरूको नक्कल गर्ने तथा चिट चोर्ने कार्यबाट रोक्नका लागि यस्ता चटपटे उपाय अपनाउने मेक्सिको पहिलो देश होइन । सन् २०१३ मा थाइल्याण्डमा परीक्षार्थीहरुलाई आँखाले दायाँ–बायाँ हेर्न नपाउने गरी कागजका हेलमेट पहिराइएको थियो ।
एजेन्सीको सहयोगमा