मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

जनपत्र
२० भाद्र २०७६, शुक्रबार १६:५७

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीमा भएको टाटा सुमो दुर्घटना मृत्यु हुनेको सख्या तीन जना पुगेको छ । सुमो दुर्घटनामा मृत्यु हुनेमा महोतरी जिल्ला माईस्थान गाउँपालिका वडा नम्बर ६ वस्ने ७० बर्षिय बिरसिंह वाईवा, सर्लाही वरथवा नगरपालिका वडा नम्बर ३ वस्ने ६० वर्षिय महेन्द्र सहनी र सर्लाहीका एजना दश महिने शिसु समरागी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार गर्न ल्याएपछी मृत्यु भएको हो । अरु ८ जना घाईते भएका छन् । हेटौंडा –काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो भीमफेदीमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै मृत्यु भएको हो भने अरु दुईजनाको अस्पतालमा मृत्यु भएको हो । चिसापानीबाट सुमो ५० मिटर तल झर्दा दुर्घटना भएको प्रतक्षदर्सीहरुले वताएका छन् । घाईतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*