चेलिवेटी बेचविखन रोक्ने मेरो अन्तिम सपना–प्रदेश प्रमुख कोइराला

बेचबिखन रोक्नका लागि हामि निरन्तर लाग्छौ–मन्त्री दुलाल
जनपत्र
२० भाद्र २०७६, शुक्रबार १६:०६

हेटौंडा । प्रदेश नम्बर–३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले मुलुकमा चेलिवेटी बेचविखन रोक्ने आफ्नो अन्तिम सपना रहेको वताउनुभएको छ । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘‘सरकारको प्रतिवद्धताः मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण हाम्रो एक्यवद्धता’’ भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको १३ औ राष्ट्रिय दिवसको अवसरमा बोल्दै उहाँले नेपाल र भारको खुल्ला बोडरका कारण बेचबिखन धेरै भएकाले यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने वताउनुभयो ।

सबैले आज गरेको प्रतिवद्धता पुरा गर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–‘औपचारिक कार्यक्रममा प्रतिवद्धता गर्ने मात्र होइन, काम पनि गरेर देखाउनुपर्छ । बेचविखन रोक्न चुनौती छ । तै पनि काम गरेर देखाउनुपर्छ । एक दिनको नारामा मात्र सिमीत नपारीकन कार्यान्वयन गरेर देखाउनुपर्छ ।’

मानव बेचबिखनबाट प्रदेश ३ अती प्रभावित भएकाले यसलाई रोक्नका लागि सबै व्यक्ति उत्तिकै जिमेवार भएर लाग्नुपर्ने उहाँले वताउनुभयो । खुल्ला सिमाना भएकै कारण मानव बेचविखन बढेको बताउँदै उहाँले भन्नुभयो–‘हाम्रो खुल्ला सिमानानै मानव बेचबिखनको मुख्य चुनौती हो । नेपाल गरिव भएकाले मानव बेचबिखन भएको होइन । अशिक्षा, वेरोजगार लगायतका कारणले बढी बेचविखन भएको हो ।’

मानव बेचबिखन रोक्नका लागि हामि निरन्तर लाग्छौ–मन्त्री दुलाल

प्रदेश नम्बर–३ का सामाजिक विकास मन्त्री युवारज दुलालले मानब बेचविखन रोक्नका लागि आफुहरु निरन्तर लाग्ने वताउनुभएको छ । कार्यक्रमको समापनका अवसरमा बोल्दै उहाँले मानव बेचबिखन रोक्नका लागि पनि यो कार्यक्रम गरिएको वताउनुभयो ।

मानव बेचबिखनका धेरैवटा रुपहरु भएकाले यसलाई रोक्न सबैको सहयोग आवस्यक रहेको वताउँदै उहाँले भन्नुभयो–‘सबै क्षेत्रबाट लाग्यौ भने बेचबिखन रोक्न सक्छौ । यो अभियानमा प्रदेश ३ का सबै नागरिकलाई लाग्नका लागि आग्रह पनि गर्दछु ।’ बेचबिखन रोक्नका लागि शिक्षा र चेतना जगाउने काम प्रदेश सरकारले बढी प्राथमिकताका साथ गर्ने समेत उहाँले वताउनुभयो ।

मानवताको पक्षमा हामी एकै ठाउँमा छौ–बानियाँ

प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मानवताको पक्षमा आफुहरु पनि रहेको वताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘सरकार र संसदमा मात्र हामी पक्ष प्रतिपक्ष हुन्छौ । तर, मानब बेचबिखन जस्तो अभियानमा हामी कहिले पनि प्रतिपक्ष हुदैनांै । यो अभियानमा सरकारलाई सघाउँछौ । मानव बेचविखन उन्मुलन गर्नका लागि सरकार सफल हुनुपर्ने वताउनुभयो ।

कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, ओम घलान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरीका प्रदेश र मकवानपुरका प्रमुख, बिभीन्न मन्त्रालयका कर्मचारीहरु, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*