भिमफेदीमा सुमो दुर्घटना एक जनाको मृत्यु, १० जना घाईते

जनपत्र
२० भाद्र २०७६, शुक्रबार १५:३०

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडानम्बर ६ जुरिखेतमा टाटा सुमो दुर्घटना हुँदा एजना शिसुको मृत्यु भएको छ । अरु १० जना घाईते भएका छन् । सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो भीमफेदीमा दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै मृत्यु भएको हो । चियानडाँडाबाट सुमो तल झर्दा दुर्घटना भएको प्रतक्षदर्सीहरुले वताएका छन् । मृत्यु हुनेमा १० महिने नावालीका समरागी माझी रहेकी छिन् ।

घाईतेहरुको भिमफेदी अस्पताल, हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । घाईते मध्ये १ जना बालक रहेका छन् । काठमाण्डौँ–हेटौँडा छोटो मार्ग अन्र्तगत जुरीखेतको चिहानडाँडाबाट सुमो १ सय मिटर तल झरेको हो । घाईते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाईवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम, महेन्द्र शाही रहेका छन् । त्यसैगरी सिन्धुलीका दलबहादुर हिम्डुम, महोत्तरीका बिरबहादुर वाईवा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*