मकवानपुरमा शिक्षा पछी स्वास्थ्य क्षेत्रमा सुधार हुँदै

जनपत्र
२० भाद्र २०७६, शुक्रबार १३:००

हेटौंडा । मकवानपुरमा पछील्लो समयमा शिक्षा क्षेत्रमा निकै सुधार भएसंगै स्वास्थ्य क्षेत्रमा पनि सुधार हुँदै गएको आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । चुरेहिल हस्पिटल प्रालिको पाँचौ वार्षिक साधारण सभाका अवसरमा सहभागिहरुले सरकारी अस्पताल संगै निजी क्षेत्रका अस्पतालमा पनि स्वास्थ्य क्षेत्रमा सुधार आईहरहेको वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले स्वास्थ्य क्षेत्रमा सुधार उन्मुख भएको वताउनुभयो । शिक्षा क्षेत्रमा अन्य जिल्लाको तुलनामा निकै राम्रो भइसकेकाले अव स्वास्थ्य क्षेत्रमा पनि सुधार आवस्यक रहेको वताउनुभयो । चुरेहिल अस्पतालले हेटौंडाको स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । त्यस्तै नेपाल उधोग वाणिज्य महासङ्ग्का केन्द्रीय सदस्य अरुणराज सुमार्गिले अस्पतालले जिल्लाकै विकासमा भुमिका खेलेको बताउनुभयो ।

अस्पतालका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, हेटौंडा उपमहानगरपालिका वडा नंबर १ का वडा अध्यक्ष सबिन न्यौपाने, उद्योग बाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उपाध्यक्ष सरिता दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विभागका डाक्टरहरुले विभागिय रुपमा अस्पताल सञ्चालनको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

यस्तै अस्पतालको आजै अधिवेशन पनि समपन्न भएको छ । अधिबेशनले पुन गोर्कण प्रसाद पराजुलीको अधयक्षतामा सात संचालक समिती चयन गरेको छ । संचालक समितिहरुमा देबेन्द्रध्वाज कार्की,अंकिता सुमार्गी,नारायण श्रेष्ठ,बिश्वराज रिजाल,कृष्ण कडेल,टिकामान परीयार चयन भएकाछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*