हेटौडा अस्पतालको चरम लापरबाहीले बिरामी आजीत, अस्पताल फार्मेशीबाटै म्याद सकिएको औषधी बिक्री बितरण (अडियो रिपोर्ट सहित )

एमपी शर्मा
२० भाद्र २०७६, शुक्रबार ०६:४०

गलत औषधीको प्रयोगले आफ्नो स्वास्थ्य स्थिति बिग्रने होकि भन्ने चिन्ता जनाउँदै हेटोंडा अस्पतालमा उपचाररत एकजना बिरामी । हेटौंडा अस्पतालमा उपचार गराइरहेका उहाँलाई चिनी रोगका लागि प्रयोग गरिने औषधी इन्सुलन्सको प्रयोग गरियो,तर त्यो म्याद सकिएको थियो। अस्पतालमा रहेको फार्मेसी र उपचारमा संलग्न स्वास्थ्यकर्मीको चरम लापारवाहीका कारण आफ्नो बुवाको स्वास्थ्य जोखिममा परेको बिरामीको आफन्तको यो पीडा सुन्नुहोस् ।

म्याद सकिएको औषधी प्रयोग गरेको कुरा आफूलाई थाहा भएपछि आफूहरुबाट गल्ती भएको र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्ने अस्पताल बिकास सििमतको अध्यक्ष प्रकाश पौडेलको तर्क छ ।

बिरामीलाई उपचारका लागि पठाइने औषधीको म्याद कति छ,औषधी कुन अवस्थामा छ भनेर फार्मेसीले पूरा चेकजाँच गरेर मात्रै औषधी पठाउनु पर्ने हुन्छ तर जथाभावी औषधी पठाएपछि त्यो कुरा जानकारीमा आएपछि माफी मागेर फार्मेसी अधिकृत पन्छिन खोज्दैछन्,सुन्नुहोस् उनको कुरा ।

प्रदेश नम्बर तीनका सामाजिक बिकास मन्त्री युवराज दुलाल समेत यो घटनाबाट गम्भीर भएका छन् । उनले यस्ता घटना अस्पतालमा हु्नु दुखद भएको भन्दै आफूले पीडितहरुसँग भेटघाट गरेको र स्वास्थ्य अबस्थाको बारेमा निगरानी गरीरहेको बताउछन् ।

स्वास्थ्य सेवा लिन पाउनु नागरिकको नैसर्गिक अधिकार हो । म्याद नाघेका औषधीको जथाभावी प्रयोग हुँदा बिरामीको ज्यानै जाने समेत हुन सक्छ । यस्तो संवेदनशिल कुरामा खोई जवाफदेहिता?खोइ जिम्मेवारीता ?के जसले जे गरेपनि छुट हो ? कि लोतन्त्र भनेको यही हो ? सहकर्मी कृष्णउदास खनालको सहयोगमा एमपी शर्माको रिपोर्ट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*