७४ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएपछि…

भारतको आंध्र प्रदेशको गुंटूर जिल्लामा बिहीबार एक ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशु (बालिका) हरूलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा ती बालिकाहरुलाई जन्म दिएकी हुन् । पूर्वी गोदावरी जिल्लाका किसान यर्मसेट राजारावसँग ५७ वर्षअघि उनको विवाह भएको थियो।
डाक्टरहरुका अनुसार मंगयम्मा ७४ वर्षको उमेरमा पनि निकै फिट छिन् । उनीसँग न डायबेटिस छ न उच्च बीपीको समस्या नै छ । उनको फिटनेसका कारण नै प्रसुतिका लागि निकै सजिलो भएको थियो । २ बालिकालाई जन्म दिएपछि मंगयाम्माले भनिन्, मलाई लाग्थ्यो कि मेरा बच्चाहरूलाई नदेखी म मर्छु होला, तर छरछिमेकमा ५५ वर्षीया महिलाले पनि एउटा छोरो जन्माएका मैले देखेको थिएँ, त्यसपछि म ढुक्क भएँ र मेरो मानसिकता परिवर्तन भयो। मैले यसका लागि मेरो श्रीमान्लाई पनि विश्वस्त गरें र आज म धेरै खुसी छु ।
महिलाका पति राजा राव भज्छन्, कि अस्पतालमा नौ महिना बितिसकेको छ, बच्चाको अनुहार देखे पछि म सबै संघर्ष विर्सन्छु। डा. उमाशंकरका अनुसार दुबै बालिका र आमाहरू स्वस्थ छन् । उनीहरुको तौल १.८ केजी छ । मंगयम्मा बच्चाहरूलाई स्तनपान गर्न असमर्थ छिन्, त्यसैले बालिकाहरुका लागि दुध बैंकको सहयोगमा उनीहरुलाई दुध खुवाउने गरिएको छ । Photo: .bhaskar.com
एजेन्सीको सहयोगमा