संबिधान दिवसको प्रचार प्रसार गर्न मन्त्री जमकट्टेलको आग्रह

हेटौंडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले संबिधान दिवसलाई भव्य बनाउन प्रचार प्रसारको कामलाई तिव्रता दिनुपर्ने बताउनुभएको छ । संबिधान दिवस २०७६ को अवसरमा आज मन्त्रालयमा प्रचार प्रसार उपसमितिको छलफलका क्रममा उहाँले बिधान दिवसलाई भव्य रुपमा मनाइनुपर्ने वताउनुभयो ।
संबिधान दिवसका अवसरमा लेख, रचना, बिभीन्न अन्तरक्रियात्मक कार्यक्रम गर्नुपर्ने वताउनुभयो । गतवर्षको भन्दा अझै प्रभाबकारी रुपमा कार्यक्रम गरिनुपर्ने उहाँले बताउनुभयो । असोज ३ गते मनाइने संबिधान दिवसका अवसरमा एक सय २१ सदस्य प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
त्यसमा प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई, १३ वटै जिल्लाका पत्रकार महासंघका अध्यक्षहरु, मकवानपुरमा रहेका सबै पत्रकारहरु सहितको प्रचार प्रसार उपसमिति गठन गरिएको हो । कार्यक्रममा मन्त्रालयका सचिब बिनोद प्रकास सिंह, प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।