युरोपमा आफ्नै पतिबाट महिला असुरक्षित, फ्रान्समा सबैभन्दा बढी यस्ता घटना

जनपत्र
१९ भाद्र २०७६, बिहीबार ०६:२३

फ्रान्समा महिलाहरुको हत्याका घटना बढेका छन् । यो वर्ष मात्रै १०० जना महिलाको त्यसरी हत्या भएको पाइएको छ । दक्षिणी फ्रान्सको कागनेस सुर मेर स्थानीय रेल स्टेसनमा पछिल्लो पटक २१ वर्षिया सालोमेको शव भेटिएको थियो । गएको शनिबार उनको शव भेटिएको हो । यस खालका गतिविधि बढेपछि सरकारले महिलाको सुरक्षाको लागि कडाई गर्ने तयारी गरेको छ । ती युवतीका   छिमेकीहरुका अनुसार उनको हत्या उनका पार्टनरबाट नै भएको हो ।

फ्रेन्च मिडियाका अनुसार उनीहरुबीच राति झगडा भएको थियो ।  एक प्रत्यक्षदर्शीका अनुसार पुरुषले ती महिलामाथि कुटपिट गरेका थिए । उनलाई पर्खालमा ठोक्काएको देखिएको थियो । टाउको र पेटमा उसले प्रहार गरेको थियो ।  सो सम्बन्धी छानबिन भइरहेको प्रहरीले जनाएको छ । उक्त पुरुषलाईपनि प्रहरीले गिरफतार गरेको छ । प्रधानमन्त्री इडोआर्ड फिलिपले सो विषयमा मंगलबार एउटा विशेष बैठक नै राखेका थिए । सो बैठकमा स्थानीय समुदाय, विभिन्न संघ संस्थाका प्रतिनिधि, प्रहरी, न्यायाधीश, वकिल र सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा अर्को वर्षबाट १ हजार आपतकालीन सेल्टरको व्यवस्था गर्ने र महिलाका उजुरी कसरी ह्याण्डल गरिएको छ भन्ने बारेमा ४०० प्रहरी स्टेसनको अडिट गर्ने निर्णय गरिएको छ । महिलामाथि भइरहेका आक्रमणको विरुद्ध लड्न ५ मिलियन युरो निकासा गर्ने र उजुरी प्रक्रियालाई सामान्यीकरण गर्ने बारेमा समेत छलफल भएको थियो ।यसले गर्दा महिलाहरुको संरक्षणमा सहज अवस्था आउने अपेक्षा समेत गरिएको थियो । साथै उनीहरुका पार्टनरबाट  सजिलै छुटकारा पाउने  उपायका बारेमा समेत सो अवसरमा छलफल भएको जनाइएको छ ।

घरेलु हिंसाबाट जोगिनका लागि महिलाले एउटा विद्युतीय ब्रासलेट लगाउने उपाय समेत प्रधानमन्त्री स्वयंले बैठकमा सुझाएका थिए । महिलामाथि भइरहेका आक्रमणको बारेमा अन्तिम कदमबारेमा भने आगामी नोभेम्बरमा कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।सन् २०१८मा फ्रान्समा महिलामाथि १२१ वटा आक्रमणको घटना भएको जनाइएको छ । गएको आइतबार १०१ घटना रेकर्ड गरिएको छ । दक्षिणी फ्रान्समा ९२ वर्षिया महिलालाई उनको ९४ वर्षको पतीले हत्या गरेको पछिल्लो घटना सार्वजनिक भएको हो ।

२०१७को युरोस्टारको तथ्यांक अनुसार युरोपमा महिलामाथि बढी आक्रमण उनका पुरुष साथीबाट हुने गरेको छ । त्यसमा  फ्रान्स अगाडि रहेको छ । १ लाख महिलामा शून्य दशमलब १८ प्रतिशतलाई फ्रान्समा आफ्नै पतिबाट आक्रमण हुने गरेको रेकर्ड पाइएको थियो । शून्य दशमलब १३ प्रतिशत स्वीजरल्याण्डमा, शून्य दशमलब ११ प्रतिशत इटालीमा र शून्य दशमलब १२ प्रतिशत स्पेनमा तथा जर्मनीमा शून्य दशमलब २३ प्रतिशत घटना हुने गरेको सो तथ्यांकमा उल्लेख छ । स्पेनमा गएको जुनमा १हजार महिलाको पार्टनरद्वारा हत्या गरेको पाइएको थियो । यो रेकर्ड सन् २००३ यताको हो । स्पेनमा अहिले यस्ता घटना हेर्न विशेष अदालतको व्यवस्था गरिएको छ । सो सम्बन्धी सरोकार राख्ने निकायलाई उपयुक्त तालिमको व्यवस्था गरिनुका साथै सबै उजुरी प्रहरीले दर्ता गर्नैपर्ने र न्यायाधीशले ७२ घण्टा भित्र उजुरीको बारेमा सम्बोधन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
(बीबीसी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*