गाई र कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

जनपत्र
१९ भाद्र २०७६, बिहीबार ०६:१३

सुर्खेतमा गाई मरेको र खोटाङमा कुकुर मारेको विरोधमा बुधबार पशुअधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले कुकुर, कुकुरको चित्र र जनावरको मुकुण्डोसहित प्रदर्शन गरेका थिए । उनीहरुले दुबै घटनामा संलग्नमाथि कारबाही गर्न पनि माग गरेका छन् । पशु अवोध प्राणी भएकाले उनीहरुप्रति संवेदनशील हुनुपर्ने विषय प्रदर्शनकारीले ब्यानरमा उल्लेख गरेका थिए । केही दिनअघि नेपालगञ्जबाट दैलेख लैजाँदै गरेको गाई सुर्खेतमा मृत भेटिएका थिए भने खोटाङको दिक्तेल नगरपालिकामा कुकुरलाई कुटी कुटी  मारेर फालिएको भिडियो सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*