वीरगन्ज महानगरलाई दिशामुक्त घोषणा गर्ने

वीरगन्ज महानगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रमलाई प्रभावकारी रुपले गर्ने निर्णय गरिएको छ। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको कार्यकक्षमा बसेको सर्वदलिय बैठकद्धारा निर्णय गरिएको हो।
वीरगन्ज महानगरपालिकाले आगामि २७ आयोजना गर्न गइरहेको खुलादिशा मुक्त घोषणा कार्यक्रमलाई विभिन्न सरोकारवालाहरुसगं छलफल गर्दै ,व्यापक प्रचार प्रसारका कार्यक्रमलाई गर्ने निर्णय बुधबारको बैठकले गरेको छ। नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा बसेका सर्वदलिय बैठकमा नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा,नेपाली कांगे्रस पर्साका सभापति अजय कुमार द्धिवेदी,भोलासाह कलवार,समाजवादी पार्टी पर्साका जिल्ला कार्यवाहक अध्यक्ष रामनरेश यादव,राजपा जगदिश पटेल,युवा नेताओमप्रकाश सर्राफ लगायत विभिन्न दलका नेता,नगररिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।