इबोला उपचारका लागि औषधि ‘पत्ता लाग्यो’

जनपत्र
१९ भाद्र २०७६, बिहीबार ०६:०७

विश्व स्वास्थ्य संगठनले इबोला भएका बिरामीहरुको उपचारका लागि नयाँ नयाँ औषधि प्रयोग गर्ने क्रममा एक औषधिले निकै राम्रो नतिजा दिएको पत्ता लगाएका छन् ।

आरइजिएन–इबिथ्री नाम दिइएको उपचार पद्धतिमा एमएबी११४ नामको औषधिले निकै राम्रो नतिजा दिएको र यसलाई नै इबोलाको औषधि मान्न सकिने निष्कर्षमा उनीहरु पुगेका छन् । यो प्रयोग कंगोमा इबोला पीडितहरुसँग गरिएको थियो । यसलाई दुई एन्टिबायोटिक औषधि म्याप र रेमडेसिभिरसँग दिइएको थियो ।

यसको परीक्षण गत नोभेम्बरबाट सुरु गरिएको थियो । अहिले पनि फेरि इबोलाको महामारी फैलिएको छ । यो इबोला महामारीको दोस्रो उदाहरण हो । यसअघि इबोलाका कारण १८ सयभन्दा धेरै व्यक्तिको मृत्यु भइसकेको छ । ‘यो अत्यन्त सकारात्मक कदम हो,’ विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले भनेका छन्, ‘यसले हामीलाई सन्तोषजनक नतिजा दिनेमा हामी विश्वस्त छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*