संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा

जनपत्र
१८ भाद्र २०७६, बुधबार १७:४४

हेटौंडा । राष्ट्रिय समावेशी आयोगको आयोजनामा आज काठमाण्डौमा अन्तरलिङ्गीहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै आयोगकी कार्यबाहक अध्यक्ष बिष्णु ओझाले नेपालको संबिधान र कानूनले अन्तरलिङ्गी, समलिङ्गी, तेस्रो लिङ्गीहरुलाई कहाँ बिभेद गरेको छ त्यसको अन्त्य गर्ने वताउनुभएको छ ।

सबैको विभेद अन्त्य गर्नका लागि आफुहरु लागिपर्ने वताउँदै उहाँले भन्नुभयो–‘आजबाट तपाईहरुको समस्या समाधान गर्नका लागि बहस सुरु भएको छ । हामी यो समस्या समाधान गरेर नै छोड्छौ । अब अर्को चरणमा हामी आफै सबैलाई समेतटेर कार्यक्रम पनि गछौं ।’ आजदेखि सबै फरक फरक भएपनि एकै रुपमा बुझ्नुपर्ने बताउनुभयो ।

सबैखालका पहिचान बोकेका अन्तरलिङ्गीहरु संगको छलफलपछी निस्कर्षमा पुगिने उहाँले बताउनुभयो । सबैका असहमतीका बुँदालाई समेटेर त्यसबाट सहमती निकाल्न सकिने कार्यबाहक अध्यक्ष ओझाले बताउनुभयो । कार्यक्रममा आयोगका सचिव बासु शर्मा, आयोगका कर्मचारीहरु, अन्तरलिङ्गीहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*