बाली खाने कीरामाथि ड्रोन हमला
अब बाली खाने कीरालाई ड्रोन हमला गरी नियत्रणमा लिने प्रविधि आएको छ । यसको प्रयोग चीनमा भएको छ । दक्षिणी चीनमा सुरक्षाकर्मीद्वारा बालीमा लागेको कीरा माथि ड्रोन द्वारा हमला भएको हो । यो ड्रोनले बाली माथि हमला गर्दा त्यसमा रहेको कीरालाई मार्ने कोसिश गर्दछ । यो प्रबिधि निकै सफल रहेको छ । यसले करिब ९८ प्रतिशत किरा मारेको प्रयोगकर्ताले बताएका छन् । बाली जोगाउन यसले पूर्ण रुपमा मद्दत गर्दछ ।
बालीको कीरा महादेशहरुमा समेत फैलिएको छ । अमेरिकाबाट अफ्रिका र एसियामा फैलिएको छ र यसले चामल, मकै, तरकारी, कपासमा अधिक आक्रमण गर्न थालेको छ । चीनमा आइपुगेदेखि अगस्टको मध्यसम्म २४ प्रान्तमा ५०००० हेक्टरमा बालीनाली प्रभावित भएको छ । प्रभावित क्षेत्रहरुमा ड्रोनको प्रयोगले ९० प्रतिशत प्रकोपहरु अब नियन्त्रणमा छन् । विशेषगरी ड्रोनहरूले कीराहरूलाई मार्नको लागि सूर्यास्त पछि सुरक्षित रूपमा सञ्चालन गर्नु पर्ने हुन्छ । जुन रातमा धेरै सक्रिय रूपमा काम गर्छन। गुआंगजाउमा आधारित ड्रोन निर्माता, जर्मनीको बायर क्रपको साथ मिलेर बनाएको प्रविधि हो ।