भिटामिन डीको कमीले ल्याउँछ यस्तो समस्या

जनपत्र
१८ भाद्र २०७६, बुधबार ०६:१९

शरीरको विकासका लागि भिटामिन र मिनरल जरूरी हुन्छ । शरीरमा भिटामिन डीको कमी हुँदा अनेकथरी संकेत पाइन्छ । दूध नपिउँदा अनि सही मात्रामा घाम नताप्दा शरीरमा क्याल्सियमका साथसाथै भिटामिन डीको पनि कमी हुन्छ । यो गम्भीर समस्या हो र यसले हाम्रो स्वास्थ्य बिगार्न पनि सक्छन् । हड्डी र दाँत यसले कमजोर बनाउँछ ।

भिटामिन डीको कमीको लक्षण

कमजोर रोगप्रतिरोधक प्रणाली
भिटामिन डीले जीनको फंक्शन र प्रक्रियालाई सामान्य रूपमा नियन्त्रित गर्छ । यसले हाम्रो शरीरलाई रोगप्रतिरोधक क्षमता बढाउँछ ।

हाड मांसपेशी कमजोर
हड्डीमा पीडा र कमजोरीका साथसाथै मांसपेशीमा निरन्तर पीडा अनुभव भइरहेको छ भने भिटामिन डीको कमी यसको कारण हुनसक्छ ।

तनाव
शरीरमा भिटामिन डीको कमी हुने मानिस सधैं उदास र तनावग्रस्त रहन्छन् । भिटामिन डीले मूड र तनावमा जरूरी भूमिका निर्वाह गर्छ । यसले डिप्रेसनबाट मुक्ति पनि दिलाउँछ ।

अधिक पसिना आउने
शरीरमा भिटामिन डीको कमी हुँदा अधिक पसिना आउँछ । टाउको यस्तो पसिना धेर आउँछ । यस्तो स्थितिमा चिकित्सकको सल्लाह अवश्य लिनुस् । बच्चाको हातमा अत्यधिक पसिना आयो भने भिटामिन डीको कमी हुनसक्छ । यसलाई बेवास्ता नगर्नुस् ।

ब्याक्टेरिया संक्रमण
बारम्बार संक्रमण भएमा भिटामिन डीको कमीको संकेत हुनसक्छ । खासमा हाम्रो रोगप्रतिरोधक प्रणाली कुनै पनि घाउको संक्रमणसँग लड्क सहायक हुन्छ । शरीरमा भिटामिन डीको कमी हुँदा शरीर हानिकारक ब्याक्टेरियाबाट संक्रमित हुन्छ ।

यी संकेत देखिए भिटामिन डीको कमी हो :

छालाको रंग एकदमै गाढा भएको

तौल धेरै बढेको 

आहारमा भिटामिन डीयुक्त खाद्यपदार्थ संलग्न नगर्दा, घामबाट बच्दा र धेरैभन्दा धेरै समय घरमा बिताउँदा भिटामिन डीको कमी हुन्छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*