हेटौंडाका मेयर महत जापानको विपद् न्यूनीकरणको कार्यक्रममा

नगरको खर्च नगराइकन जापानको टोकियो पुग्नु भएका मेयर महतले विपद् जोखिम न्यूनीकरण सम्वन्धी प्रस्तुतीकरण गर्नुहुने छ ।
जनपत्र
१७ भाद्र २०७६, मंगलवार ०८:१८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत जापानको टोकियो शहरमा पुग्नु भएको छ । टोकियोमा चार दिन सम्म सञ्चालन हुने विपद् जोखिम न्यूनिकरण सम्वन्धी कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै पुग्नुभएको हो । हेटौंडा उपमहानगरपालिकाको कुनैपनि खर्च बिनानै उहाँ यस कार्यक्रममा भाग लिन जानु भएको छ ।

आज बिहान जापान पुग्नुभएका महतले बिपद् जोमिख न्यूनिकरण सम्वन्धी हेटौंडाको वस्तुस्थितका बारेमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ । विश्वभरमा ठुला शहरका मेयरहरुको उपस्थितीमा युएनको सहयोगमा सिटीनेटको आयोजनामा कार्यक्रम भएकोे हो । सिटीनेट सदस्य रहेका बिश्वभरका नगर, उपमहानगर, महाँनगरपालिकाका सदस्यहरु मध्यमा छनौट गर्दा हेटौंडा पनि छनौट भएको थियो । यस कार्यक्रममा सहभागि भएपछी बिपद् न्यूनिकरणमा थप काम गर्ने सकिने वताउँदै मेयर महतले भन्नुभयो–‘हामी सिटीनेटको सदस्य संस्था भएकाले यस कार्यक्रममा भाग लिने अवसर पाएका हौं । चार दिन सम्मको प्रस्तुतीकरण र छलफल पछी यस क्षेत्रमा काम गर्नका लागि थप सहयोग पुग्छ भन्ने आसा गरिएको छ ।’

बिदेश भ्रमणका लागि कम्तिमा मासिक एउटा भ्रमणको निम्तो आएपनि सबैजसो भ्रमणको स्थिगित गर्दै आउनुभएका मेयर महत यस कार्यक्रममा भने नगरको खर्च नहुने भएपछी मात्र जापान जानुभएको हो । अहिले सम्म कुनैपनि बिदेश भ्रमणमा जाँदा सरकारी खर्च बिना मात्र मेयर जाने गरेको उपमहानगरपालिकाका अधिकृतहरु वताउँछन् । नगरको खर्च हुनेगरी निमन्त्रणा गरिएका बिदेश भ्रमणमा सहभागि नहुने गरेको वताउँदै मेयर महत भन्नुहुन्छ–‘हामी जनतनाले बनाएका प्रतिनिधि, उनीहरुले तीरेको करको रकम दुरुपयोग गरेर बिदेश जानु हुन्न । बिदेश भ्रमण जाँदा सरकारी खर्चमा जान सक्ने र बिदेशमा बसेको अवधिभरको दैनिक भत्ताा सम्म लिन पाउने नियम छ । तर, त्यसो मैले कहिले पनि गरिन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*