हेटौंडा एफ.एमको तीज कार्यक्रम, पाँच छोरा गुमाएकी दर्नाल सम्मानित

महिलाको राजनीतिक समस्या समाधान भएकाले अव आर्थिक समृद्धीमा लाग्नुपर्छ–मन्त्री नेपाल
जनपत्र
१६ भाद्र २०७६, सोमबार १७:२७

हेटौंडा । मकवानपुर मिडिया प्रालि द्वारा संचालित हेटौंडा एफएमले खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृति कार्यक्रम गरेको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हेटौंडाको पशुपति मन्दिर नजिकै कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले तीजको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

अव राजनीतिक समस्या समाधान भएकाले आर्थिक समृद्धी तर्फ लाग्नका लागि महिलाहरुलाई आग्रह गर्नुभएको छ । अहिलेको संबिधानले महिलालाई अधिकार दिएको वताउँदै उहाँले भन्नुभयो–‘हाम्रो संबिधान कुनैपनि हालतमा कमजोर छैन । त्यसैले हाम्रै गाउँ, टोल पाखा पखेरावाट समृद्धी खोज्नुपर्छ ।’ सबैखाले नीति वनाएर काम गर्नका लागि आफुहरु तयार रहेको वताउनुभयो ।

कार्यक्रममा बिभीन्न जनआन्दोलन र जनयुद्धका क्रममा आफ्ना चार छोरा र अन्य कारणले गरी पाँच वटा छोरा गुमाएकी हेटौंडा ९ की सुभद्रा दर्नाललाई आजै एफ.एमले सम्मान गरेको छ । मन्त्री नेपाल, एफ एमका अध्यक्ष तथा एम.एमका प्रवन्ध निर्देशक उज्वल चौलागाईले नगद रकम सहित सम्मान गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय समावेसी आयोगका कार्यवाहक अध्यक्ष बिष्णु ओझा, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, नेपाली काग्रेशकी महिला नेतृ रिता खनाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हेटौंडा एफएमले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा गरेकोे खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृति कार्यक्रममा आज राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु र स्थानीय कलाकारहरुले आफ्ना प्रस्तुती गरेको हेटौंडा एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाईले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जुनु रिजाल, श्रुती सिंह, सुमिना लो सहित स्वस्तिका ढकाल, प्रतिमा अर्याल, आयुस्मा केसी, रेश्मी कार्की, शोभा गौतम लगायतको बेजोड प्रश्तुती रहेको थियो ।

कार्यक्रममा हाँस्यकलाकारहरु सुबोध गौतम “एदुमे” र सुमन कार्कीको पनि प्रस्तुती रहनेछ । पुर्ण शाक्य एण्ड सन्सको प्रायोजन तथा हेटौंडा एफएमको आयोजनामा कार्यक्रम भएको हो । प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद, द्वितीय हुनेले १० हजार तथा तृतीय हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको थियो ।  उत्कृष्ट नृत्य गर्नेलाई चांदीको पाउजु प्राप्त गरेका छन् । कार्यक्रममा मकवानपुरको गढी गाउँपालिकामा रहेको नवयुग ब्राहमण नौमति बाजा समूहको प्रश्तुती रहेको थियो । हुप्राचौरमा घामको कुनै पर्वाह नगरीकन दिनभरजसो महिलाहरु नाच्न र गाउँनमा व्यस्त रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*