सहरभर हाेर्डिङ्ग बाेर्ड राखेर प्रेमिकासँग माफी

भारतकाे महाराष्ट्रका एक व्यक्तिले जुन तरिकाले प्रेमिकासँग माफी मागे, त्याे कुनै फिल्मी स्टायलभन्दा कम छैन । उनले आफ्नी प्रेमिकासँग यसरी माफी मागे कि सहरका सबै मानिस उनकाे काम देखेर अचम्ममा परे । प्रेमिकासँग मागेकाे माफी सबै सहरलाई थाहा दिने ती व्यक्ति हुन्- निलेश खेडेकर । उनले आफ्नी प्रेमिकासँग माफी माग्न सहरका विभिन्न भागमा ३ सयभन्दा धेरै हाेर्डिङ बाेर्ड एक रातमा लगाएका छन् । सहरमा उनकाे चर्चा निकै बढेकाे छ तर मनाेवैज्ञानिकहरुले यसलाई मानसिक राेगकाे संज्ञा दिएका छन् ।
विशेषज्ञहरुले उनले सहरकाे ध्यान आफूतिर तान्न यस्ताे हर्कत गरेकाे हुनसक्ने अनुमान गरेका छन् । सामाजिक सन्जालमा पनि यसबारे निकै चर्चा चुलिएकाे छ । स्थानीय प्रशासनले यसलाई गम्भीर घटनाका रुपमा लिएकाे छ । याे विषयमा अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक सतिशले भने- एउटा मराठी पत्रिकामा पहिलाे पटक यसबारे समाचार छापिएकाे थियाे, हाेर्डिङमा शिवाडे, मलाई माफ गरिदेउ लेखिएकाे छ । तर, हाेर्डिङ कसले लगाएकाे हाे भन्ने पहिले खुलेकाे थिएन ।
सतिशले त्यसपछि आफूहरुले सबै प्रिन्टिङ तथा प्रेसमा पुगेर यस्ताे हाेर्डिङ कसले बनाएकाे हाे भन्ने जाँच गरेकाे बताएका छन् । त्यसपछि बल्ल याे हाेर्डिङ निलेशले लगाएकाे पत्ता लागेकाे हाे । निलेशले याे हाेर्डिङ अाफूले लगाएकाे स्वीकार पनि गरेका छन् । उनले आफ्नी प्रेमिका रिसाएकाले मनाउन लगाएकाे बताएका छन् । २५ वर्षका निलेशले विभिन्न अाकारमा सहरका बिजुलीका तथा अन्य पाेलहरुमा यस्ताे हाेर्डिङ राखिदिएका हुन् । एमबिए अध्ययन गरिरहेका निलेशले यसबारे भनेका छन्- अब याे विषय अदालतमा पुगेकाे छ र विचाराधीन छ, अदालतकाे फैसला अाएपछिमात्र म यसबारे बताउने छु ।
एजेन्सीको सहयोगमा