मिटरब्याजमार्फत सयौंलाई ठगेको आरोप लागेका श्याम परदेशी पक्राउ

जनपत्र
१६ भाद्र २०७६, सोमबार ०६:०२

सोझा सिधा स्थानीयलाई जाली तमसुक बनाएर ठगी गरेको आरोप लागेका सर्लाहीका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) लाई प्रहरीले पक्राउ गरेको छ। मलंगवा नगरपालिका–४ का परदेशीलाई आइतबार सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।

सोही ठाउँकी रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश २ का प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।साहमाथि सयौं सोझा सिधालाई कपाली तमसुक बनाएर ठगी गरेको आरोप लागेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*