डाकनेश्वरीमा आगलागी, दाम्लोमै जल्यो गाई

जनपत्र
१६ भाद्र २०७६, सोमबार ०६:०१

राजविराज- सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आगलागी हुँदा पशुचौपाया सहित करिब १ लाखको क्षति भएको छ।डाकनेश्वरी नगरपालिका-१, हटैल निवासी ब्रह्मदेव खत्वेको घरमा शनिबार मध्य रातमा आगलागी भएको थियो। समयमा आगो नियन्त्रण नहुँदा जलेर एउटा गाई मरेको र एउटा बाछो घाइते भएको प्रहरीले जनाएको छ।

गोठमा बालेको घुरबाट सल्केको आगोले १ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी तरहीले जनाएको छ।प्रहरी र स्थानीयवासीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*