पार्किङ गरेका सवारीको ब्याट्री चोर्ने चारजना पक्राउ

महानगरीय प्रहरी वृत्त जगातीले सवारी साधनको ब्याट्री चोरी गर्ने समुहका चार जनालाई पक्राउ गरेको छ । बिगत केही महिनायता भक्तपुर जिल्ला विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारी साधनहरुबाट ब्याट्री हराउन थालेको गुनासो आएपछि प्रहरीले चोरी गर्ने पक्राउ गरेको हो ।
त्यसैगरी भारत मोतिहारी जिल्ला पताही थाना स्थाई घर भई हाल भक्तपुर ठिमी बस्ने २१ बर्षको चन्दन कुमार, भारत मुझफरपुर पुर्वीचम्पारण स्थाई घर भई हाल जिल्ला ललितपुर महानगरपालिका वडा नं ३ धोबीघाट बस्ने बर्ष ३८ को सुरेन्द्र चौधरी रहेका छन् ।
प्रहरीले भक्तपुर तथा ललितपुर जिल्लाको विभिन्न स्थानबाट ब्याट्री चोरी गरी खरिद बिक्री समेतको कारोवारमा संलग्न मानिसहरुलाई पक्राउ गरी चोरीका ब्याट्री थान १ सय ८४ थान बरामद गरेको हो ।