३५ गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको म्याद थप

जनपत्र
१६ भाद्र २०७६, सोमबार ०५:५८

जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ ।
सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई–गोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक-सहचालक गरी सात जनाबारे थप अनुसन्धान गर्न अदालतले आइतबार एक हप्ताको म्याद दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले चितवनको राप्ती नगरपालिका–४ का विवेक कुँवर, अछामको तुर्माखाँद गाउँपालिका–३ का कृष्ण विसी, चितवनको राप्ती नगरपालिका–५ का सागर विश्वकर्मा, रौतहटको चन्द्रपुर नगरपालिका–२ का दामोदर केसी, बाँकेको कोहलपुर नगरपालिका–१४ का हिमबहादुर जीसी, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सरावल–१ का शत्रुधन चौधरी र सोही ठाउँकै अमृत चौधरीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले नियन्त्रणमा लिएका पाँच ट्रकका चालक–सहचालकसँग घटनाबारे सोधपुछ गरिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*