प्रतिएमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

जनपत्र
१५ भाद्र २०७६, आईतवार ०६:४७

नेपाल टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ । उक्त सुविधाअन्तर्गत १ जीबी डाटा १ दिन (२४ घण्टा)का लागि लिन १डी१जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्ने हुन्छ, जसको मूल्य करसहित ४५ रुपैयाँ लाग्छ । यसमा प्रतिएमबी करसहित ४ रुपैयाँ ५० पैसा पर्छ । त्यस्तै, ७ जीबी ७  दिनका लागि लिन ७डी७जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्छ, जसबापत २५० रुपैयाँ लाग्छ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३ रुपैयाँ ५० पैसा मात्र लाग्छ । त्यस्तै, २८ जीबी प्याकेज ८५० रुपैयाँमा २८ दिनका लागि लिन सकिन्छ । त्यसका लागि २८डी२८जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्छ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ जसको मूल्य प्रतिएमबी करसहित ३ पैसा मात्र पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*