फाल्नकै लागि लगिएको थियो गाई ! यसअघि कालीकोटमा पनि भिरबाट खसालिएको आशंका

जनपत्र
१५ भाद्र २०७६, आईतवार ०६:४५

नेपालगञ्जबाट ट्रकमा लगिएका गाई भिरबाटै खसाल्न लगिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पाँचवटा ट्रक र आठजनालाई पक्राउ गरी सुर्खेतमा राखिएको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार उनीहरुले नेपालगञ्जबाट खसाल्नकै लागि उक्त गाईहरु त्यहाँ पुर्‍याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय नेपालगञ्जले भदौ आठ गते चौपायाँ व्यवस्थापन सम्बन्धमा पत्र लेख्दै कान्जीहाउसमा रहेका गाई गोरु बाच्छाबाच्छीसमेत करिब ३७० पशु चौपायहरु नगरप्रहरी र स्थानीय तहको समन्वयमा सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म लैजानको लागि अनुरोध भइ आएको हुँदा आवश्यक सहयोगका लागि अनुरोधसहितको पत्र लेखेको पाइएको छ । उक्त पत्रपछि राति नै गाई लगेर भिरबाट खसालिएको पाइएको छ । सुर्खेतको सुब्बाकुनामा पनि थप १४ वटा गाई मरेको अवस्थामा फेला परेको कर्णालीका प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार गाई ल्याएका पाँचवटा ट्रक र आठ जनालाई पक्राउ गरिएको जानकारी दिँदै प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*