साक्षी बस्नु कति खतरनाक ?

दिल्लीको एर्म्स अस्पतालमा भर्ती भएकी उन्नाव बलात्कार काण्डकी पिडितको हालत अझै नाजुक छ । रायबरेली नजिक भएको एक दुर्घटनामा पिडित तथा उनका वकिल गम्भीर रुपमा घाइते भएका थिए । जबकि दुईजना महिला आफन्तको मृत्यु भएको थियो । ती मध्ये एकजना २०१७ को घटनाको साक्षी थिइन् ।
लखनउका बीबीसी संवाददाता समीरात्मज मिश्रका अनुसार पिडित र साक्षीको सुरक्षा प्राप्त भएको थियो तर दुर्घटना भएको दिन सुरक्षाकर्मी उनको साथ थिएन । सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
यस विषयमा अभियुक्त भाजपाका विधायक कुलदीप सिंह सेंगर सबै आरोपलाई इन्कार गर्दै आइरहेका छन् । यो घटनालाई लिएर भारतमा एक पटक फेरि रुचीकर साक्षीको सुरक्षालाई लिएर सबैको ध्यान खिच्ने काम भइरहेको छ । चश्मदीद साक्षीलाई न्याय व्यवस्थाको आँखा र कान बताइँदै आएको छ । यद्यपि अभियुक्त प्रभावशाली छ भने भारतमा चश्मदीद साक्षी हुन सजिलो छैन ।
विश्वभर २०० भन्दा बढी आश्रम चलाउने आसाराम बापूका छोरा नारायण साइमाथि लागेको यौन उत्पीडनको मामिलामा महेन्द्र चावला एक महत्वपूर्ण साक्षी हुन् । आसाराम बापू र उनका छोरा नारायण साई बलात्कार मामिलामा जेलमा छन् । तर, सुरक्षालाई लिएर महेन्द्र चावलाको चिन्ता अझै टुंगिएको छैन ।