हेटौंडाका डेंगुका बिरामीलाई उपचारको अभाव हुन दिन्न–मेयर महत
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य क्षेत्रमा संवेदनशिल भएर आफुहरु लागिपरेको बताउनु भएको छ । सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेड द्वारा संचालित मकवानपुर सहकारी अस्पतालको दशौ बार्षिक साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले डेंगु नियन्त्रण गर्नका लागि आफुहरु सजग र सचेत रहेको बताउनुभयो ।
डेंगु जाँच गर्ने किट आवस्यक मात्रमा खरिद गरेर दिनका लागि तयार रहेको वताउँदै मेयर महतले भन्नुभयो–‘हेटौंडा नगरवासीहरु किटको अभाबका कारण डेंगु परिक्षणमा कुनै पनि समस्या नहोस । संघयि सरकार र प्रदेश सरकारको मुख ताक्नु भन्दा पनि हामि आफैपनि नगरवासीको स्वास्थ्य संग संवेदनशिल वन्नुपर्छ भनेर निरन्तर लागिरहेका छौ ।’ डेंगुका विरामीहरुलाई उपचारको अभाव हुन नदिने उहाँले वताउनुभयो ।
एक महिना अगाडीबाट हेटौंडामा डेंगु देखा परेपनि सबैको प्रयासबाट धेरै बिरामी एकै पटक बढ्न नदिएको बताउनुभयो । चुनावका बेलामा सधै देखिने दलका भातृसंगठनहरु डेंगु नियन्त्रण गर्ने अभियानमा नदेखिएको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्य निजरीकरण भएपछी व्यापारीकरण हुने भएकाले सहकारीले थोरै नाफा खाएर नागरिकलाई सेवा दिनुपर्ने वताउनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष बिष्णु गोपाल महर्जनले सहकारी अस्पतालले नाफा कमाउने भन्दा पनि सेवाको भावनाले काम गरेको वताउनुभयो । बिरामीको उपचारमा हेटौंडा अस्पतालपछी दोस्रो स्थानमा रहेको उहाँले दावि गर्नुभयो । उपचारका लागि स्थानको अभावका कारण समस्या भएकाले नयाँ घर भाडामा लिएर सेवा दिन लागिएको उहाँले बताउनुभयो । अव छिट्टै सहकारीले नयाँ भवन निर्माण गरेर आफ्नै घरमा सर्ने तयारी समेत गरेको उहाँले वताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंसाल, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशीकान्त सिंह, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट लगायतकाले मन्तब्य व्यक्त गर्नुभयो । कार्यक्रममा सहकारी अस्पतालमा उत्कृष्ट रुपमा काम गर्ने डाक्टर हरिबहादुर खड्का र कमल दवाडीलाई सम्मान गरिएको छ । साथै उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि सम्मान गरिएको छ ।