मकवानपुरमा बसको ठक्करबाट बृद्धाको मृत्यु, हेटौंडाको खाद्य संस्थानको कोठाभित्र एक पुरुषको शव भेटियो

जनपत्र
१७ मंसिर २०८०, आईतवार १०:०६

हेटौंडा । आफै चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ कुवामा एक जनाको वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७० बर्षीया कान्छी माया घलान रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल मातातिर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा कान्छीमाया यात्रा गरि आएकी थिइन् । इन्द्रसरोबरका कुवामा बसबाट ओर्लने क्रममा चालकले बस अगाडी बडाउँदा उनी लड्न पुगेकी थिइन् । सोही क्रममा बसको टायरले उनलाई ठक्कर किचेर गम्भीर घाइते बनाएको थियो ।

उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाईएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाईएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही बस्ने वर्ष २६ को राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५४ बर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार बजार एरियामा प्लाष्टिक बटुल्दै हिड्ने उनी शनिबार बिहान मृत भेटिएका हुन् । घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*