हेटौंडाका बलात्कारी बाबुलाई १३ वर्ष कैद

जनपत्र
१४ भाद्र २०७६, शनिबार ०८:३१

हेटौंडा — छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले १३ वर्ष कैदको फैसला गरेको छ । १२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका ४ का ३३ वर्षीया झड्केलो बाबुलाई १३ वर्ष कैद गर्ने फैसला गरेको हो ।
अदालतले १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले नाबालिकालाई जबर्जस्तीकरण गरेकोमा १२ वर्ष र हाडनातामा बलात्कार गरेको थप १ वर्ष गरेर १३ वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार केशवकुमार कौशिकले बताए । बालिका २०७५ असार १५ गते घरमै बलात्कृत भएकी थिइन् । झड्केलो बाबु भीमफेदी कारागारमा छन् ।

यसैगरी, न्यायाधीश श्रेष्ठको इजलासले हेटौंडा उपहानगरपालिका १९ का राजकुमार गोलेसहित ५ जनालाई मकाउ पठाईदिन्छु भनी ठगी गरेका मनहरी गाउँपालिका २ का गौतम स्याङ्तानलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ । स्याङ्तानबाट पीडितहरुलाई ६ लाख ९३ हजार रुपैयाँ विगो भराउने अदालतले आदेश गरेको छ । आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*