हेटौंडाको टोनि हेगन स्मृति पार्कको साधारणसभा

जनपत्र
१६ मंसिर २०८०, शनिबार ११:१९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा रहेको डाक्टर टोनि हेगन स्मृति पार्क विकास मन्चको तेस्रो परिषद् बैठक तथा दोस्रो साभारणसभा आज हेटौंडामा भएको छ । साधारणसभाको हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले महतले संसारभरी नेपाललाई चिनाउने काम टोनी हेगनले गर्नु भएकोले उहाँलाई सधै सम्झनका लागि यो पार्क हेटौंडामा निर्माण गरिएको बताउनुभयो ।

टिसिएनको जग्गालाई बिक्री हुन नदिनबाट पनि आफुहरुलेनै रोकेको र यहाँ सुन्दर पार्क बनाउने सपना साहाकार बनाउन काम भइरहेको महतले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष रघुनाथ खुलालले अब पार्कहरु व्यवस्थित हुन जरुरी रहेको बताउनुभयो । पार्कहरुमा जग्गाको स्वामित्वको समस्या भएकाले नेपाल सरकारले पार्कहरुलाई स्वामित्व हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

हेटौंडा–१० का वडा अध्यक्ष फूर्वा दोर्जे लामाले यस पार्कलाई हेटौंडाकै रमणिय पार्क बनाइनुपर्ने बताउनुभयो । कार्यक्रममा डाक्टर टोनि हेगन स्मृति पार्क विकास मन्चका सल्लाहकार प्रताप विष्ठ, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्ण धिताल, नेपाल तामाङ घेदुङसंघका कालु तामाङ लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम टोनि हेगन स्मृति पार्क विकास मन्चका अध्यक्ष इन्द्र नेपालको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*