पत्‍नी खोजिदिन भन्दै आफन्तका छोरा अपहरण

जनपत्र
१४ भाद्र २०७६, शनिबार ०६:३१

८ महिनाअघि प्रेम विवाह गरेकी पत्नी घरबाट भागेपछि भारतीय नागरिक २५ वर्षीय शोभित मुखियाले सिरहाको कर्जन्हा नगरपालिका २ बाट आफन्तका छोरालाई अपहरण गरे। मुखियाले आफनी पत्नी सुरेखादेवी मुखियाकी फुपु सुकनीदेवी मुखिया यादवका ५ वर्षीय छोरा शिवम यादवलाई भदौ १० गते मंगलबार अपहरण गरेका थिए।

अपहरित बालक शिवमलाई मुखियाले ठाउँ फेर्दै भारतीय सीमामा पर्ने सर्लाहीको विष्णुपुर गाउँपालिका ५ पुर्‍याए। त्यहाँबाट सिरहा प्रहरीले बिहीबार बालकसहित मुखियालाई पक्राउ गरेको छ। आफ्नी पत्नी खोजेर ल्याइदिन भन्दै मुखियाले बालकको अपहरण गरेको खुल्न आएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वदीले जानकारी गराए। मुखियामाथि अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको एसपी चर्तुवेदीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*