अदालतमा भएका काममा थप सुधार गर्न पिपिएलएको केन्द्रीय टोलि हेटौंडामा, न्यायधिशहरुसंग छलफल

जनपत्र
१२ मंसिर २०८०, मंगलवार १८:५६

हेटौंडा । प्रगतिशिल तथा पेशागत कानून प्यावसायी संगठन, नेपाल (पिपिएए) को संगठन सुदृढीकरण तथा देशव्यापी भेटघाट कार्यक्रम अन्तरगत आज हेटौंडामा बिभीन्न पक्षहरुसंग अन्तरक्रिया भएको छ । अभियानमा निस्किएको केन्द्रीय टोलिले आज उच्च अदालत पाटन हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुरका न्यायधिशहरुसंगै बिभीन्न पक्षसंग छलफल गरेको हो ।

अहिले अदालतमा भइरहेको काम कार्बाही, सेवा प्रवाहमा परेका अप्ठ्यारा, न्यायसम्पादनमा देखिएका अप्ठ्यारा, कानून व्यावसायीहरुले भोग्नुपरेका समस्याहरु, सेवाग्राहीहरुलाई परेका समस्याहरु समेतका बिषयमा छलफल गरिएको छ ।

छलफलमा प्रगतिशिल तथा पेशागत कानून प्यावसायी संगठन नेता तथा संंबिधान सभाका सदस्य बरिष्ठ अधिवक्ता कृष्णभक्त पोख्रेल पिपिएलएका नेता बाबुराम दाहाल, पिपिएलएका बागमती प्रदेश संयोजक जगन्नाथ भण्डारी, सहसंयोजक तथा जिल्ला अध्यक्ष मदन कुमार दाहाल, केन्द्रीय सदस्यहरु धुर्व प्रसाद चौलागाई, कमल पाठक, चितवनका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*