मकवानपुरका विकट गाउँमा गाँजा फडानी गर्न फेरी खटिए एक सय जनाको प्रहरी टोली

जनपत्र
११ मंसिर २०८०, सोमबार ०७:३३

हेटौंडा । मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा फडानी गर्नका लागि फेरी प्रहरी परिचालन गरिएको छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा गाँजा फडानी गर्नका लागि प्रहरी परिचालन गरिएको हो ।

कैलाश गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जना र राक्सिराङ गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जनाको प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । यस अघि पनि प्रहरी टोलिले मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा फडानी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*