कान्तिपुरकर्मी होम कार्कीलाई ‘अनेसास शिखर पुरस्कार’

जनपत्र
११ मंसिर २०८०, सोमबार ०६:३८

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार च्याप्टरले यस वर्षको अनेसास शिखर पुरस्कारु कान्तिपुरकर्मी होम कार्कीलाई प्रदान गर्ने भएको छ ।

नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रबाट कतारको साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै कार्कीलाई पुरस्कृत गर्ने निर्णय भएको अनेसास शिखर पुरस्कार समितिका संयोजक प्रेमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा छ ।

यो पुरस्कारको उद्देश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगीतमा समर्पित एक उत्कृष्ट स्रस्टालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ । साहित्यकार स्वर्गीय शिखर वैद्यको सम्मानमा अनेसास कतार च्याप्टरले यो पुरस्कार स्थापना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*