मकवानपुरका नौ हजार किसान ‘मिल्क होलिडे’ को समस्यामा

हप्तामा दुइदिन मिल्क होलिडे हुँदा एक महिनामा ३ करोड रुपैयाँको दूध खेर जाने समस्याले किसानहरु चिन्तित बनेका छन् ।
जनपत्र
५ मंसिर २०८०, मंगलवार १०:५६

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक २ सय ४० जना किसानबाट ४ हजार ८ सय लिटर दूध संकलन गर्दै आएको छ ।

सहकारीबाट दूध संकलनमा कुनै समस्या छैन । तर, हेटौंडा दूग्ध वितरण आयोजना लगायत निजी क्षेत्रका उद्योगहरुले नियमित रुपमा दूध संकलन गर्न छोडेर हप्तामा पाँच दिन मात्र दूध संकलन गर्नुभनेर जिल्ला दूग्ध उत्पादन सहकारी संस्था लिमिटेड मार्फत मनकामना दूग्ध सहकारीलाई भनेपछी अहिले किसानहरुले समस्या बेहोर्न थालेका छन् ।

हप्तामा दुइ दिन दूध संकलनमा सहकारीले बन्द गर्नुपर्दा यहाँ दैनिक रुपमा दुइ सय लिटर सम्म दूध बिक्री गर्दै आएका किसानहरु समस्यामा परेको सहकारीका व्यावस्थापक शशी लंसाल बताउनुहुन्छ । यस सहकारीमा दैनिक रुपमा स्थानीय किसान मुकुन्द प्रसाद दाहालले २ सय ५० लिटर, ठाकुर प्रसाद दाहालले २ सय ५० लिटर, नारायण प्रसाद तिमल्सीनाले २ सय लिटर, नरेन्द्र लंसालले एक सय लिटर, अर्जुन प्रसाद दाहालले ८० लिटर दूध बिक्री गर्दै आउनु भएको छ । मिल्क होलिडेको समस्यामा यस सहकारीमा दूध बिक्री गर्ने यी किसान निकै समस्यामा परेका छन् ।

धेरै दूध बिक्री गर्ने किसान मात्र होइन । यस सहकारीमा दूध बिक्री गर्ने २४० जना किसान मिल्क होलिडेको समस्याले निकै नोक्सानी बेहोर्दै आएको व्यावस्थापक लंसाल बताउनुहुन्छ ।

मनकामना दुग्ध सहकारीमा आवद किसानहरु मात्र होइन । मकवानपुरका नौ हजार किसान ‘मिल्क होलिडे’ को समस्यामा परेका छन् । जिल्लाका बिभीन्न सहकारी संस्था मार्फत दूध बिक्री गर्दै आएका यहाँका नौ हजार परिवार किसान अघोसित रुपमा भइरहेको मिल्क होलिडेको समस्यामा परेका हुन् । प्रत्यक हप्ता दुइ दिन दूध सहकारीले किसानले उत्पादन गरेको दूध बिक्री गर्ने कामलाई रोकेको छ । त्यसबाट मकवानपुरका किसानहरु समस्यामा परेको जिल्ला दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यावस्थापक कुमारमणि दाहाल बताउनुहुन्छ ।

हप्तामा दुइदिन मिल्क होलिडे हुँदा एक महिनामा ३ करोड रुपैयाँको दूध खेर जाने समस्याले किसानहरु चिन्तित बनेका छन् । संघले हरेक दिन ६१ वटा दूग्ध सहकारी मार्फत दैनिक ५० हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ ।

महिनामा ८ दिन दुग्ध बितरण आयोजना लगायत निजी डेरीहरुले दूध खरिद नगर्दा मिल्क होलिडेको समस्यामा किसानहरु रहेको उहाँ बताउनुहुन्छ । मिल्क होलिडे हुँदा किसानले उत्पादन गरेको दूध पून गाइ, भैसीलाई खुवाउनुपर्ने र फाल्नुपर्ने बाध्यतामा किसानहरु रहेको उहाँले बताउनुभयो । एक दिन दूध बिक्री गर्न नपाउँदा किसानले ७१ लाख ५० हजार रुपैयाँ नोक्सानी बेहोर्दै आएका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*