‘आमा’ का लागि सुरक्षाले गरिन् कपाल मुण्डन

जनपत्र
१३ भाद्र २०७६, शुक्रबार ०५:४५

अभिनेत्री सुरक्षा पन्त अभिनीत कुनै फिल्म अहिलेसम्म बक्सअफिसमा खरो रुपमा उत्रन सकेका छैनन् । तर, उनको अभिनयको भने सधैं चर्चा हुने गर्दछ । फरक भूमिकामा काम गर्न रुचाउने उनले विवाहित महिलादेखि लभर गर्लको भूमिकासम्म निभाइसकेकी छन् । उनी आफूलाई एकैखाले भूमिकामा सीमित राख्न चाहन्नन् । न त उनलाई हिरोको वरिपरि नाच्ने र रोमान्स गर्ने भूमिका नै गर्नु छ ।
आफूले पाएको भूमिकालाई न्याय गर्न सक्ने अभिनेत्रीको रूपमा स्थान बनाएकी सुरक्षा अहिले फिल्म ‘आमा’ को छायांकनमा व्यस्त छिन् । एकपछि अर्को फिल्म ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको गरिरहेकी उनी यो फिल्ममा अभिनेत्री मिथिला शर्माकी छोरीको भूमिकामा छिन् । फिल्मले एक आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । फिल्मका निर्देशक दीपेन्द्र के. खनाल हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*