नेपाल शिक्षक संङ्घ मकवानपुरद्वारा भुकम्प पीडितहरुका लागि ६० हजार सहयोग

जनपत्र
४ मंसिर २०८०, सोमबार १८:५१

हेटौंडा । नेपाल शिक्षक संङ्घ मकवानपुरले भुकम्प पीडितहरुका लागि ६० हजार एक सय ७० रुपैयाँ सहयोग गरेको छ । शिक्षक संघ मकवानपुरले संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा जम्मा गरिएको हो ।

बिभीन्न सहयोगी व्यक्तित्व मार्फत संकलन गरिएको रकम भुकम्प पीडितहरुलाई थोरै भएपनि सहयोग पुग्ने गरी सहयोग गरिएको शिक्षक संङ्घ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंले जानकारी दिनुभयो ।

जाजरकोट र रुकुमपस्चिममा भुकम्प पीडितहरु अहिले पनि त्रिपाल मुनी बस्दै आएका छन् । उनीहरुका निम्ति संकलन गरिएको रकम हस्तान्तरण गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*