खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति, एक बालिका घाइते

जनपत्र
४ मंसिर २०८०, सोमबार १५:३८

खोटाङ – ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालेको कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जलेकाे छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घरमा आगलागी भएकाे हाे।

घरमा आगाे लागेपछि भाग्न खाेज्दा उहाँकी भान्जी १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाण्डाै पठाइएकाे प्रहरीले जनाएकाे छ।

आगलागीबाट तीन तले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जलेर नष्ट हुँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयाे ।

घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगलागी शुरु भएको थियो । इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरीक्षकको कमाण्डामा खटिएको प्रहरी र स्थानीयबासीले गएराति दुई आगाे निभाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*