हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

जनपत्र
४ मंसिर २०८०, सोमबार ०७:०१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्तीखोलामा आज बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हेटौंडाको राप्तीतटमा हिजो अस्ताउँदो सूर्यलाई पुजा गरेका भक्तजनहरुले आज बिहानै उदाउँदो सूर्यलाई पुजा गरेर यसको समापन गरेका हुन् ।

हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् ।व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा शुरु हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ हेटौंडामा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो । छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ । नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि हेटौंडामा पनि छठ मनाउन थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*