हेटौंडा राप्तीतटमा यस्तो छ छठपर्बको रौनक

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्ततटमा छठपर्बको आज साँझ निकै रौनकता देखिएको छ । छठपुजा गर्न आउनेहरु मात्र होइन । छठपर्ब हेर्न आउनेहरुको पनि निकै घुइचो लागेको थियो । सबैक्षेत्रका नागरिकहरु आज साँझ छठ हेर्न रापती खोला किनारमा आएका थिए ।
आज साँझ सूर्यको आराधना, उपासना र पूजा गरी आज आइतवार छठ पर्व मनाइँएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइएको छ । छठ पर्वका अबसरमा हेटौंडाको रापतीतटबाट अस्ताउँदो सूर्यलाई अघर्य दिइएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन रापतीखोला किनारमा बनाइएका छठ घाटमा पूजासामग्रीसहित भक्तजन पुगेका छन् ।
पूजासामग्रीले खोला किनार भरिएका छन् । छठमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाइन्छ । भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ ।