हेटौंडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

जनपत्र
३ मंसिर २०८०, आईतवार १७:२२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडास्थित शान्ति टोलमा ट्रकको ठक्करबाट एकजना स्थानीय महिलाको मृत्यु भएको छ । कान्ति लोकपथअन्तर्गत् चुच्चेखोलाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ ट्रकले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय निरा बजगाईंको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

घटनाको विरोधमा स्थानीय वासिन्दाहरुले कान्ति लोकपथ सडक अवरुद्ध बनाएका छन् । स्थानीयले घटनाको छानविनको माग राख्दै मृतक महिलाको शब उठाउन दिएका छैनन् । घटनास्थलमा करिब एक सयजना प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*