विकसित मुलुक चन्द्रमामा पुग्दा यहाँ भिडियो कन्फ्रेन्सबाट तर्सिए -सांसद बिडारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेको सामान्य विषयलाई प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय मुद्दा बनाएकोमा राष्ट्रियसभा सांसद रामनारायण बिडारीले आपत्ति जनाएका छन्।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद बिडारीले अन्य विषय उठाउन नसकेपछि प्रतिपक्षले अनावश्यक विषय उठाएर सरकारको विरोध गरिरहेको बताए। सांसद बिडारीले भने, मन्त्रिपरिषद बैठकको नेतृत्व भिडियो कन्फेरेन्सबाट गर्नु बर्वाद भयो भनेर सडकदेखि सदनसम्म यत्रतत्र भ्रम छरे। उपचाररत प्रधानमन्त्रीले स्वदेशमा रहेका मन्त्रिपरिषदका सदस्यहरूसँग सामान्य कुराकानी गर्नुभयो। यो सूचना प्रविधिको अग्रगामी प्रयोग भयो। परीक्षण र प्रयोग भयो।
यसलाई नविनतम प्रविधिको प्रयोग भन्नुपर्ने हो। विकसित मुलुक चन्द्रमामा परीक्षण गरिरहेका छन्। हाम्रो मुलुकमा भिडियो कन्फेरेन्सबाट किन तर्सिएकोरुु सांसद बिडारीले थप प्रश्न गरे, अब इन्टरनेट नचलाउने तरुु प्रतिपक्ष कांग्रेसले एकछिनका लागि मात्रै मुद्दा उठाउने गरेकोमा पनि बिडारीको असन्तुष्टि थियो। उनले भने, ुयसको विरोध पानीको फोकाजस्तै भयो।
उपचाररत प्रधानमन्त्रीले मन्त्रिपरिषदसँग सल्लाह गर्नुलाई आत्तिएर, सुरिएर र मात्तिएर विरोध किन गरेकोरु यो त ठूलो कुरा थिएन। केही नपाएपछि के गर्नू१ यस्ता कुरालाई राष्ट्रिय मुद्दा बनाउनु उपयुक्त छैन, हुँदैन। सांसद बिडारीको भनाइ थियो, सीप नभएका विरोधी र इख नभएको सरकारको कारणले यो देश बिग्रिँदै बिग्रिँदै जाने पो हो किअस्तव्यस्त देश बनाउन खोज्नेहरू बेठिक र अनैतिक तन्त्रलाई लोकतन्त्र भनिरहेका छन्।
हुकुमी तन्त्र मान्दै आएकाहरूले लोकतन्त्र नबुझेको उनको भनाइ थियो। ुकानुनभन्दा माथि हाम्रो मान्छे छ भन्दा मुलुक प्रगतिमा जान सक्दैन। व्यवस्थाकै प्रतिपक्ष बन्ने, समग्र संविधानकै विरोधी, आंशिक संविधानका विरोध गर्न हँदैनु, उनले थपे। उनले कांग्रेससँग विरोध गर्ने सीप नभएको पनि बताए। उनले भने, ुवर्तमान सरकारमार्फत चलिरहेको गणतन्त्र र संघीयताको विरोध गरिरहेका छन् तर सीप छैन। सरकारविरुद्ध जति र जसरी प्रहार भए सबै बेक्कमा भए। थाहाखवरबाट ।