हेटौंडामा स्टकुटले ठक्कर दिँदा बिकको मृत्यु

जनपत्र
२ मंसिर २०८०, शनिबार ०७:०३

हेटौंडा । हेटौंडामा स्टकुटले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित बाबुचोकमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको हो । शुक्रबार साँझ धरान चतरा सडकखण्डमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिदा स्थानीय ४३ वर्षीय गोपिनी बिकको मृत्यु भएको हो ।

स्कुटरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*