कक्षा १० का विद्यार्थीका लागि डिजिटल पाठ्य सामग्री

जनपत्र
११ भाद्र २०७६, बुधबार ०६:१०

इन्टरसफ्ट इन्साइड प्रालीले कक्षा १० का विद्यार्थी लक्षित गर्दै डिजिटल पाठ्य सामग्री ल्याएको छ । कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयको एप्स विकास गरी श्रव्य-दृश्य पाठ्य सामग्री बजारमा ल्याएको हो । १६ र ३२ जीबीको मेमोरीकार्डमा उपलब्ध उक्त एप्सलाई एन्ड्रोईड मोबाइलमार्फत हेर्न, पढ्न र सुन्न सकिने छ । प्रविधिको विकास र विस्तारसँगै पाठ्यपुस्तकलाई पनि प्रविधिमैत्री बनाउने अभियानअर्न्तगत यो एप्स विकास गरिएको एप्सका बजार व्यवस्थापक धर्म बहादुर सिंहले बताएका छन् ।

उनका अनुसार यस डिजिटल पाठ्यक्रमप्रति देशभरका निजी विद्यालयहरुले माग गरिरहेको भए पनि सरकारी विद्यालयहरुले भने खासै चासो दिएका छैनन् । गणित शिक्षा परिषदका केन्द्रीय महासचिव तथा कक्षा १० को गणित विषयका पाठ्यपुस्तक लेखक रमेशप्रसाद अवस्थीले यो डिजिटल पाठ्य सामग्री समय सान्दर्भिक र विद्यार्थीहरुका लागति उपयोगी रहेको बताए । महासचिव अवस्थीले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न यो पाठ्य सामग्री उपयोगी भएकोले सम्बन्धित विषयका शिक्षकहरुलाई समेत उक्त पाठ्य सामग्री प्रयोग गर्न अनुरोध गरे ।

नेपालको शिक्षा क्षेत्रमा लामो समय कार्यसम्पादन गरेका पूर्व शिक्षा अधिकृत विचारी प्रसाद अधिकारीले आफू यो पाठ्य सामग्रीबाट प्रभावित भएको बताउँदै अहिलेको प्रविधिमैत्री शिक्षा प्रदान गर्न सघाउने बताउ ।  यो एप्स प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत आफूलाई यसले अध्ययन सघाउ पुर्‍याएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*