फिगर दामी बनाउन यी टिप्स अपनाउनुस्

आफ्नो फिगर राम्रो होस् भन्ने कसको इच्छा हुँदैन र ? यसका लागि मानिसहरू व्यायाम, योग र अन्य धेरै उपाय अपनाउँछन् । तर सबैले पर्फेक्ट शेप पाउन सक्दैनन् । हदभन्दा बढी डाइटिङ वा व्यायाम पनि शरीरका लागि हानिकारक हुन्छ । यहाँ हामी केही यस्ता टिप्स बताउँदैछौं जसले तपाईंको शरीरलाई पर्फेक्ट बनाइदिन्छ । बिहान उठेर सबभन्दम पहिले मनतातो पानी पिउने बानी बनाउनुस् । व्यायाम गरेपछि स्वस्थ ब्रेकफास्ट लिनुस् जसमा प्रोटीन, कार्बोहाइड्रेट र मिनरलहरू हुन् ।
लन्चमा सूप पिउनुस् र खाना खानुभन्दा कम्तीमा एक घन्टाअघि र पछि पानी पिउनुस् । सफ्ट ड्रिंकले क्यालोरी बढाउँछ । यसको सेवन नगर्नुस् । बीचबीचमा यसो चना वा काजुबदाम खानुस् । यसले गर्दा कम भोक लाग्छ । अत्यधिक पानी पिउनुस् । स्वास्थ्यका लागि पानी राम्रो पदार्थ हो । टीभी हेर्दै वा गफ गर्दै खाना नखानुस् । आहारमा फलफूल पनि समावेश गर्नुस् । यसबाट शरीरले आवश्यक न्युट्रिएन्ट पाउँछ । धेरै मसला भएका वा प्याकेटमा राखिएका खानेकुरा नखानुस् । सकेसम्म बाहिरको खाना नखानुस् । दिनमा एकचोटि ग्रीन टी पिउनुस् । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई लाभ दिन्छ ।
एजेन्सीको सहयोगमा