वडाअध्यक्षको रवैयाः चक्लेट चोरेको आरोपमा ३ बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाइयो
बाराको कलैया नगरपालिकामा चक्लेट चोरेको आरोपमा ३ बालकलाई टाउको मुन्डन गरी एक एक हजार जरिवाना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई आफनो घरमा थुनेर कुटपिट गरि उक्त कार्वाही गरेको बालकका अभिभावकले जानकारी दिएका छन् । पीडित परिवारले मंगलवार कलैयास्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरि सो घटनाबारे जानकारी गराएका थिए । गत भदौ २ गते स्थानीय हिरा साह केशरीको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ बर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ वर्षीय छोरा राहुल गोरले केही चकलेट चोरेका थिए ।
सोही आरोपमा वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ जना बालकलाई कुटपिट गरि टाउको मुण्डन गरेर गाउँ समेत घुमाएको धर्मनगरका पूर्व गाविस उपाध्यक्ष सहिम हवारीले पत्रकार सम्मेलनमा जानकारी दिए । तीन जना बालकका अभिभावकबाट रु १ हजारको दरले जरिवाना समेत तिराएको उपाध्यक्ष हवारीले बताए ।