चितवनमा तीन सय ४६ मा डेंगुको संक्रमण

जनपत्र
११ भाद्र २०७६, बुधबार ०५:५९

जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यसैबीच एक जनाको मृत्युसमेत भएको छ । दिनहुँ सङ्ख्या थपिँदै गएपछि महामारीको रूप लिने आशङ्का गरिएको छ । यसबाट बच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना सुरू भएपछि एक हजार १५३ जनाको नमूना परीक्षण गरिएकोमा ३४६ जनामा संक्रमण भेटिएका हुन् । जिल्लाका नौ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ ।

यी अस्पतालमा आएका ज्वरोका बिरामीहरुबाट लिइएको नमूनामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जिल्लामा हरेक तीन-तीन वर्षमा डेङ्गुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*