खानेपानी महासंघ मकवानपुरको स्थापना दिवस

जनपत्र
१० भाद्र २०७६, मंगलवार १७:२६

हेटौंडा । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल मकवानपुरको १७ औं स्थापना दिवस तथा पानी परिक्षण प्रतिवेदन बितरण गरिएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा आज कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहाँनगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले नगरक्षेत्रका सबैलाई पानी खुवाउनका लागि आफुहरुले काम गरेको बताउनुभयो । पहिलो प्राथमिकता खानेपानी भएकाले यसक्षेत्रमा आफुहरु कटिवद्ध भएर लागेको बताउनुभयो ।

कार्यक्रममा २० वटा खानेपानी योजानको पानी परिक्षणको प्रतिवेदन सार्बजनिक गरिएको छ । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य बद्रीप्रसाद देवकोटा, महासंघका कृष्णबहादुर राई, खानेपानी बोर्डका माधव चौलागाई, खानेपानी डिभिजन कार्यालयका सञ्जयकुमार ठाकुर लगायतकाले आफ्ना धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*