भिमफेदी कारागारका कैदीबन्दीलाई लियो भुटनदेविले दियो अंग्रेजी शिक्षा

जनपत्र
१० भाद्र २०७६, मंगलवार ०७:३०

हेटौडा /  लियो क्लव अफ हेटौडा भुटनदेविले क्षेत्रिय कारागार भिमफेदि मकवानपुरका कैदीहरुका लागि ३ महिने निःशुल्क अंग्रेजी शिक्षा संचालन गरेको छ । कारागारमा रहेका कैदीहरुलाई अंग्रेजी शिक्षा सिक्ने इच्छा देखाए पश्चात क्लवको सकृयतामा ३ महिने कक्षा संचालन गरेको क्लवका अध्यक्ष रुपक कालिराजले बताउनु भयो ।

दुई वटा ब्लकमा गरि इच्छुक ७० जना कैदीहरुले हाल अंगे्रजी कक्षा लिइरहेका छन् । अंग्रेजी सिक्ने इच्छा हुँदा हुँदै पनि अवसर नपाईरहेको हुँदा क्लवले यस अवसर दिएकोमा खुसी ब्याक्त गर्दैै सहभागिले भने,“क्लबप्रति आभारी छौँ ।”

सो ३ महिने तालिमको प्रविस डंगोल लगायतले सहजीकरण गरिरहनु भएको छ । सो कक्षा संचालन गर्नको लागि काठमाण्डौँमा बस्दै आउनु भएका समाजसेवि रामहरी खड्काले आर्थिक सहयोग गरेका हुन् । क्षेत्रिय कारागार भिमफेदिका प्रशासन प्रमुख प्रकाश खनालले कैदीबन्दीहरुको लागि यस शिक्षा फलदायी हुने बताउदै यस शिक्षा सबैको लागि अपरिह्रार्य भईसकेको बताउनु भयो ।

लियो भुटनदेविको पहलमा कारागारलाई भाडाँकुडाँ सहयोग

लियो क्लव अफ हेटौडा भुटनदेविले क्षेत्रिय कारागार भिमफेदि मकवानपुरलाई खाना पकाउने भाडाँकुडाँ सहयोग उपलब्ध गराएको छ । आज कारागारमा एक कार्यक्रमको आयोजना गरि २० हजार बराबरको ६ थान प्रेसर कुकर सहयोग गरेको लियो क्लवका सदस्य तथा कार्यक्रम संयोजक विजय बजगाईले बताउनु भयो ।

लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्ष रुपक कालिराजको सभाध्यक्ष तथा क्षेत्रिय कारागार भिमफेदिका प्रशासन प्रमुख प्रकाश खनालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

प्रमुख खनालले कारागारमा सहयोग गरेकोमा लियो क्लवप्रति आभार व्यक्त गर्दै युवाहरुको जोसजाँगर देखेर खुशी भएको बताउनु भयो । दिनदुखीहरुलाई सबैले सहयोग गर्नु पर्ने भन्दै सामाजिक कार्यमा छुट्टै आनन्द मिल्ने बताउनु भयो । आगामि दिनमा समेत सहयोग गर्नको लागि आग्रह गर्दै लियोको कार्य साह्रानिय भएको बताउनु भयो ।

त्यस्तै बिशिष्ट अथिति तथा आर्थिक सहयोग समेत गरेका बारा निवासी समाजसेवि भिम श्रेष्ठले सामाजिक क्षेत्रमा सहयोग गर्नुसबैको दाहित्व भएको भन्दै सोहि दाहित्व पुरा गरेको बताउनु भयो । उनले यस सहयोग आफु मात्रै नभई सबैको सहयोग रहेको बताउनु भयो । लियो क्लवले गरेको समन्वय, समाजप्रति देखाएको चासो प्रति सकरात्मक भएको बताउनु भयो ।

त्यस्तै कारागारका प्रहरी निरिक्षक राम प्रवेशले युवाहरुले समाजप्रति देखाएको चासो सम्मान जनक भएको बताउनु भयो । उहाँले सहयोग गर्नु आफैमा आनन्दको महसुस हुने बताउदै लियोले समाज सकरात्मक भुमिका खेल्नको लागि आग्रह समेत गर्नुभयो । कारागारका नायव सुब्बा केदार प्रसाद सापकोटा, सुर्यचन्द्रमणि सापकोटा, चौकीदार शुरेस मोक्तान, राजकुमार ढुंगाना लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा लियो क्लवका अध्यक्ष रुपक कालिराजले कैदिबन्दीको क्षमता अनुसार पकाउने भाडाँकुडाँको अभाव भन्ने थाहा पाए पश्चात खाना पकाउने ६ वटा प्रेसर कुकर सहयोग गरेको बताउनु भयो । ‘सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कारागारमा गएर भाडाँकडाँ सहयोग गरिएको हो,’ उहाँले भने, ‘अरुको ध्यान नगएको ठाउँमा पुगेर हामीले सामाजिक काम गर्न सफल भएका छौं ।’ दुई वटा ब्लकमा गरि कारागारमा ९ सय ६३ जना कैदीहरु रहेका छन् ।

कालिराजले जोस,जाँगर, क्षमता प्रस्फुटन एवम् प्रर्दशन गर्ने ठाउँ लियो क्लब भएको भन्दै परिवार र आफ्नो व्यक्तिगत काम पछि बचेको समयलाई सबैले समाजसेवामा लाग्नु पर्नेमा जो दिनु भयो । मानिस जन्मनु मात्रै नभई समाजप्रति उत्तरदाहि हुने पर्ने बताउदैे उनले भने,“हामी सँग पैसा छैन्, तर पनि मन,आँट र हौसल्ला छ,यति भएमा सबै कुरा जुट्न सकिदो रहेछ ।” उनले थपे,समाजमा विभिन्न कार्य गरिरहेको यस लियो क्लवले यहि भदौ १२ गते मकवानपुरको बागमती गाउँपालिकामा आत्महत्या न्यूनिकरण तथा मोटिभेसन सेमिनार कार्यक्रम संचालन गर्न समेत बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*